काठमाडौं, फागुन ६, २०७३ : युनाइटेड कलेजको आयोजनामा शुक्रबार राजधानीमा ‘युनाइटेड ट्यालेन्ट हन्ट–२०१७’ सम्पन्न भएको छ। यूवा क्षमता अभिवृद्धिका लागि युनाइटेड कलेजद्वारा आयोजना गरिएको कार्यक्रममा मिडिया ट्रेनिङ हाउस एण्ड इन्टरटेन्मेन्टले बक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो। यूवा क्षमता अभिवृद्धिका यस्ता कार्यक्रमसँग जोडिन पाउँदा खुशी महसुस भएको मिडिया ट्रेनिङ हाउस एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.का अध्यक्ष निकेश शाक्यले बताउनुभयो। उनले युनाइटेड ट्यालेन्ट हन्ट–२०१७ का सम्पूर्ण विजेताहरुलाई बधाई दिँदै आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्न युनाइटेड कलेजलाई शुभकामना व्यक्त गर्नुभयो।