Skip to main content
भाषण, उदघोषण तथा व्यक्तित्व विकाश तालिम
ललितपुर, चैत्र २६, २०७३ : झी बहुउद्देश्यीय सहकारी संस्था लि. यूवा समूहको आयोजनामा शनिबार श्रीबहाल (नःटोल), ललितपुरमा “भाषण, उदघोषण तथा व्यक्तित्व विकाश तालिम” सम्पन्न भएको छ। उक्त तालिम मिडिया ट्रेनिङ हाउस एण्ड इन्टरटेन्मेन्ट प्रा.लि. का संस्थापक अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक निकेश शाक्यले दिएका थिए। झी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष बाबुराजा शाक्यले अहिलेको परिपेक्षमा यस्ता तालिमहरु अत्यन्त महत्वपूर्ण रहेको बताए। तालिममा २० प्रशिक्षार्थी सामेल थिए।
